संसद्को अर्थसमितिले काट्यो एनसेलको सिईओलाई पत्र


 


काठमाडौँ, पुस ६ । प्रतिनिधिसभा अन्तर्गत रहेको अर्थ समितिले एनसेल आजियाटा कम्पनीको प्रमुख कार्यकारी अधिकृतलाई पत्र पठाएको छ ।

समितिले मलेसियास्थित ऐनसेल आजियाटाको सिइओलाई त्यहाँस्थित नेपाली दूतावासमार्फत पत्र पठाइएको हो ।

यसअघि इमेलमार्फत गरेको पत्राचारको जवाफ नआएपछि मलेसियामा रहेको दूतावासमार्फत पत्राचार गरिएको अर्थ समितिका सभापति सन्तोष चालिसेले जानकारी दिए ।

उनका अनुसार पत्रमार्फत कुन व्यवस्था अनुसार एनसेलको शेयर खरिद बिक्री गरेको हो भने जानकारी गराउन लिखितम् सहित नेपाल आउन भनिएको छ ।

यस्तै अर्थमन्त्रीलाई, आन्तरिक राजस्व कार्यालयलाई पनि एनसेलसँग सम्बन्धित सबै आधिकारिक कागजात लिएर आउन भनिएको सभापति चालिसेले बताए ।

प्रकाशित मिति: ६ पुस २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्