प्रदर्शनसहित आजपाद्वारा अर्थमन्त्रीको राजीनामा माग


 


काठमाडौँ, पुस ६ । आम जनता पार्टी (आजपा)ले अर्थमन्त्री डा. प्रकाश शरण महतको राजीनामा माग गरेको छ ।

भन्सार कानुनमा रहेको ४५ प्रतिशत कमिसनको व्यवस्था खारेजीको माग गर्दै आन्दोलनमा रहेको आजपाले आफूहरूको माग सुनुवाइ गर्न अर्थमन्त्रीले चासो नदेखिएका चर्को नाराबाजीसहित राजीनामा माग गरेको हो ।

आजपाले आम सम्पर्क मञ्चको अगुवाइमा भन्सार विभाग झन्डै ४ महिनादेखि घेराउ गर्दै आएको छ ।

माग तत्काल सुनुवाइ नभए आइतबारदेखि आन्दोलन थप कडा बनाइने आजपाले जनाएको छ ।

प्रकाशित मिति: ६ पुस २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्