अध्यक्ष ओलीले विशेष पत्रकार सम्मेलन गर्ने


 


काठमाडौँ, पुस ६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विशेष पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन् ।

ओलीले पुस ८ गते (आइतबार) दिउँसो १ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा पत्रकार सम्मेलनको आयोजना गरिने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार पत्रकार सम्मेलनमा एमालेले भर्खरै सम्पन्न गरेको मध्यपहाडी लोकमार्ग केन्द्रीत संकल्प यात्राको समीक्षा, प्रभाव र सन्देशका बारेमा औपचारिक धारणा सार्वजनिक गरिनेछ ।

प्रकाशित मिति: ६ पुस २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्