नवनियुक्त ६ जना न्यायाधीशहरुले लिए राष्ट्रपतिबाट शपथ


 


काठमाडौँ, पुस ५ । सर्वोच्च अदालतका नवनियुक्त ६ जना न्यायाधीशहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीशहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

न्यायपरिषदले बुधबार सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका सुनिल पोखरेल, बालकृष्ण ढकाल, महेश शर्मा पौडेल,टेकप्रसाद ढुंगाना, सारंगा सुवेदी र अब्दुल अजिज मुसलमानलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेलगत्तै बुधवार राष्ट्रपति पौडेलले नियुक्त गरेका थिए ।

प्रकाशित मिति: ५ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्