मानवअधिकारबादीको प्रदर्शनमा प्रहरीको हस्तक्षेप, १५ जना पक्राउ


 


काठमाडौँ, पुस ५ । काठमाडौंको माइतीघरमा मानवअधिकारबादीहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

बिहीबार मानवअधिकार तथा शान्ति समाजको आयोजनामा माइतीघरमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । प्रदर्शनबाट १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मानव अधिकारवादीहरुले एनसेल घोटाला प्रकरणमा न्यायिक छानविन आयोग गठन गर्नुपर्ने, राज्यको स्वामित्वमा आउनुपर्ने सम्पत्ति राज्यलाई नै हस्तान्तरण हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति: ५ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्