कुमारी बैंकलाई ‘एक्सिलेन्स इन कन्जुमर कार्ड–क्रेडिट’ अवार्ड
काठमाडौं, पुस ५ । कुमारी बैंक लिमिटेड ‘एक्सिलेन्स इन कन्जुमर कार्ड–क्रेडिट’ अवार्डबाट सम्मानित भएको छ ।
भिसा इन्टरनेसनलद्वारा ३ पुसमा आयोजित ‘लिडरसीप कन्क्लेभ नेपाल–२०२३’ सम्मेलनमा बैंक उक्त अवार्डबाट सम्मानित भएको बैंकद्वारा जारी विज्ञपितमा उल्लेख छ ।
स्थापनाकालदेखि नै बैंकिङ सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त डिजिटल सामथ्र्य सुदृढीकरणमा लाग्ने बैंकले जनाएको छ ।
प्रकाशित मिति: ५ पुस २०८०, बिहिबार