नारायणगढ–मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने


 


चितवन, पुस ५ । यही पुस ७ गतेदेखि नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।

सो सडकखण्ड अन्तर्गत तुइन खोलामा पुल निर्माण गर्न सडक दैनिक चार घण्टा बन्द हुन लागेको हो ।

सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द गरेर काम गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डले आज एक सूचना जारी गरेर जानकारी दिएको छ ।

नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीसाधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म रोकिने छ । त्यस्तै मालवाहक सवारीसाधन भतेरी जङ्गलदेखि रामनगरसम्म रोकिने छन् ।

यसैगरी, काठमाडौंबाट आउने यात्रुवाहक सवारी साधन मुग्लिन बजारदेखि मनकामना केवलकारसम्म र मालवाहक सवारी सधान लेवाटारमा रोक्नुपर्नेछ ।

पोखराबाट आउने यात्रीवाहक सवारीसाधन वेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारीसाधनलाई सत्रसय फाँटमा रोक्नुपर्ने आयोजनाले जनाएको छ ।

प्रकाशित मिति: ५ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्