भारतमा काेराेनाकाे नयाँ भेरियन्टबाट तीन जनाको मृत्यु


 


काठमाडौं, पुस ५ । भारतमा देखिएको कोभिड–१९ को नयाँ भेरियन्टबाट तीन जनाको मृत्यु भएको छ ।

केरलामा कोभिड–१९ को जेएन वानका पहिलो बिरामी फेला परे लगत्तै त्यहाँ तीन जनाको मृत्यु भएको पुष्टि भएको हो ।

भारतीय सञ्चार माध्यम भारतमा सबैभन्दा धेरै संक्रमित केरलामा छन् । केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार बुधबार केरलामा कोभिड–१९ को ३०० संक्रमित फेला परेका छन् ।

केरलाबाहेक भारतमा जम्मा ५८ जनामा ​​संक्रमण देखिएको छ । केरलामा सक्रिय संक्रमितको संख्या बढेर दुई हजार ३४१ पुगेको छ।

प्रकाशित मिति: ५ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्