बुद्ध एयरको जहाजको इमर्जेन्सी ढोका खुलेपछि…


 


काठमाडौँ, पुस ५ । पोखराबाट काठमाडौँ उड्न लागेको बुद्ध एयरको जहाजको इमर्जेन्सी ढोका खुलेपछि उडान रोकिएको छ ।

बिहान ९ बजे पोखराबाट काठमाडौँका लागि उड्न लागेको जहाज ‘स्टार्ट’ भइसकेपछि इमर्जेन्सी ढोका खुलेपछि उडान रोक्रिएको हो ।

इमर्जेन्सी ढोका नजिकै बसेका यात्रुको खुट्टाले लागेर ढोका खुलेको बताएको बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णले बताए । उनले अहिले यात्रुलाई प्रहरीले सोधपुछ गरिरहेको बताए ।

उडान नम्बर यूफोर६५२ कलसाइन रहेको उक्त जहाज पोखराबाट काठमाडौँ उड्ने तयारीमा थियो ।

प्रकाशित मिति: ५ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्