माओवादी केन्द्रको विधान सम्मेलन फागुन पहिलो साता हुने


 


काठमाडौं, पुस ५ । माओवादी केन्द्रको विधान सम्मेलन फागुन पहिलो साता हुने भएको छ ।

बिहीबार बिहान बसेको माओवादी पदाधिकारी बैठकले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । बैठकले विधान मस्यौदा समिति गठन गरेको उनले बताए ।

उनका अनुसार समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिवद्वय गणेश शाह र राम कार्की छन् ।

विधान सम्मेलनअघि केन्द्रीय कमिटी बैठक बस्नेछ र विधान मस्यौदा समितिले तयार पारेको मस्यौदालाई केन्द्रीय कमिटीले अनुमोदन गरेपछि विधान सम्मेलनमा प्रस्तुत गरिनेछ ।

माओवादी विशेष रूपान्तरण अभियान सफल भएको र भिन्न रूपमा अभियानलाई निरन्तरता दिनुपर्ने निष्कर्ष पनि बैठकले निकालेको उनले बताए ।

प्रकाशित मिति: ५ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्