बर्दीसहित भारत छिरेका नेपाल प्रहरीका हवल्दारमाथि हातपात


 


कैलाली । बर्दीसहित भारतमा छिरेका नेपाल प्रहरीका एक हवल्दारमाथि हातपात भएको छ । मंगलबार कञ्चनपुर पारी नेपाल भारत सीमाको बजार गौरिफन्टामा हवल्दारलाई हातपातसहित अभद्र व्यवहार गरिएको हो ।

प्रहरी चौकी डोकेबजारमा कार्यरत प्रहरी हवल्दार विवेक कोलीलाई भारतीय क्षेत्रमा त्यहाँका स्थानीयले अभद्र व्यवहार गरेका हुन् ।

तस्करले आफूलाई नेपालमा ती हवल्दारले चेकजाँच गर्ने गरेको निहुँमा भारतीय बजारमा अभद्र व्यवहार गरेको बताइएको छ । ती हवल्दारलाई चारजना युवकले समातेर अभद्र व्यवहार गरिरहेको भिडिओमा देख्न सकिन्छ ।

उनी आफन्तलाई बससम्म छोड्न गौरीफन्टाको बसपार्कसम्म पुगेको बताइएको छ । तर पछि त्यहाँको प्रहरीले माफी मगाएर घटना मिलाएको बुझिएको छ।

प्रकाशित मिति: ५ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्