माओवादी पदाधिकारी बैठक आज बस्दै


 


काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दै छ । बुधबारका लागि बोलाइएको बैठक आज बिहान ८ बजे बालुवाटारमा बस्न लागेको हो ।

पदाधिकारी बैठक मंगलबारबाट सुरु भएको थियो । बालुवाटारमा मंगलबार बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यसूची पेस गर्दै समसामयिक विषयमा धारणा राखेका थिए ।

बैठकमा प्रदेश इन्चार्जहरुले पार्टीको जारी रुपान्तरण अभियानबारे ब्रिफिङ गरेका थिए ।

अबको बैठकबाट केन्द्रीय समिति बैठक र विधान सम्मेलनको मिति तोक्ने तयारी भइरहेको छ ।

विधान अधिवेशन र केन्द्रीय कमिटीको बैठक माघभित्र गर्ने गरी प्रस्ताव गरिएको छ।

प्रकाशित मिति: ५ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्