चीनमा भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक सय ३१ पुग्यो


 


काठमाडौं, पुस ४ । चीनमा हिजो बिहान गएको ६ दशमलव २ म्याग्नेच्यूडको भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या एक सय ३१ पुगेको छ ।

स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै चीनको सरकारी समाचार संस्था सिन्ह्वाले गान्सु प्राप्तमा १ सय १३ र छिङहाइमा १८ जनाको ज्यान गएको जनाएको छ ।

भूकम्पमा परी सात सय जना भन्दा धेरै घाइते भएका छन् । भूकम्पले गान्सुमा १ लाख ५५ हजार ३ सय ९३ घरमा क्षति पुगेको छ ।

चीनले भूकम्पका लागि राष्ट्रिय प्रकोप–राहत आपतकालीन प्रतिक्रिया स्तर २ मा स्तरोन्नति गरेको छ ।

भूकम्प प्रभावित क्षेत्रमा केन्द्रिय संस्थाका परियोजनाबाट ७३६ भन्दा बढी उद्धारकर्ता र नजिकैका क्षेत्रमा २ हजार ४२ अग्नी नियन्त्रक पठाइएको आपतकालीन व्यवस्थापन मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: ४ पुस २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्