सचिवालय बैठक बोलाउने एमालेको तयारी, यात्राको समीक्षा गरिने


 


काठमाडौँ, पुस २ । ‘झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रा’को समीक्षा गर्न एमाले सचिवालय बैठक बोलाउने गरेको छ । एक दुई दिनभित्रै सचिवालय बैठक बस्ने गरी छलफल भइरहेको जानकारी दिए ।

‘सङ्कल्प यात्राको समीक्षाका लागि सचिवालय बैठक बोलाउनेबारे छलफल भइरहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार एक दुई दिनभित्रै सचिवालय बैठक बस्छ ।

एमालेले मङ्सिर १४ देखि पुस १ सम्म बैतडीको झुलाघाटबाट सुरु गरेको मध्यपहाडी लोकमार्ग अन्तर्गतका २६ वटा जिल्लाको यात्रा गर्दै पाँचथरको चिवा भञ्ज्याङमा पुगेर समापन गरेको थियो ।

प्रकाशित मिति: ४ पुस २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्