कामदार पठाउन थप ८ देशसँग श्रम सम्झौता गर्ने तयारी


 


काठमाडौं, पुस ४ । सरकारले थप ८ देशहरूसँग श्रम सम्झौता गर्ने तयारी गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०२४ भित्रमा थप ८ देशसँग श्रम सम्झौताको तयारी विभिन्न ८ देशहरूसँग श्रम सम्झौताको तयारी गरेको हो । सरकारले हालसम्म विभिन्न १२ देशसँग श्रम सम्झौता गरेको छ ।

नेपालले सन् २०२४ मा कुबेत, ओमान, साउदी अरेबिया, पोर्चुगल, पोल्याण्ड, युक्रेन, माल्टा, टर्कीसँग श्रम सम्झौता गर्न लागेको श्रम मन्त्रालयका सहसचिव राजिव पोखरेलले बताए ।

त्यसका लागि मन्त्रालयबाट सम्झौताको मस्यौदा तयार पारेर सम्बन्धित देशलाई पठाएको छ । ति देशहरूबाट मस्यौदाबारे धारणा आएपछि सम्झौताको प्रकृया अघि बढ्नेछ । सरकारले हालै रोमानिया र जर्मनीसँग श्रम सम्झौता गरेको थियो ।

नेपालले हाल कतार, यूएई, कोरिया, बहराइन, जोर्डन, इजरायल मलेसिया लगायतका १२ देशसँग श्रम सम्झौता गरिसकेको छ ।

पछिल्लो समय नेपालीहरूको आकर्षण यूरोपतिर देखिएको छ । तर ति देशहरूसँग श्रम सम्झौता नहुँदा नेपालीहरू व्यक्तिगत श्रम स्वीकृति लिएर महंगो शुल्क तिरेर जाने गरेका छन् ।

प्रकाशित मिति: ४ पुस २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्