बारामा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु, २७ घाइते


 


बारा । बारामा बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।

काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयाका लागि छुटेको ना ७ ख ७३०० नम्बरको ट्रक बिहान २ बजे तिर बाराको अमलेखगञ्जमा एक आपसमा ठोक्किएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृत्यु हुनेहरुमा ट्रक चालक तनहुँ घर भएका २८ वर्षका पूर्ण गुरुङ, बस चालक मकवानपुर हेटौँडाका ४० वर्षका हरिशमशेर सुयाल थापा र अर्का सनाखत हुन नसकेका पुरुष छन् ।

घाइतेमध्ये गम्भीर अवस्थाका सात जनालाई हेटौँडा तथा चितवन मेडिकल कलेज पठाइएको र सामान्य घाइते भएका २० जनाको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको बारा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ४ पुस २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्