अमेरिकी निर्वाचनमा अनलाइनमार्फत् चिनियाँ प्रभाव बढ्नसक्छ : मेटा


 


एजेन्सी । अर्को वर्ष अमेरिकामा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा चिनियाँ अनलाइन प्रभाव बढ्ने फेसबुकको माउ कम्पनी मेटाले चेतावनी दिएको छ ।

इन्टरनेट प्रयोग गर्ने मतदातालाई प्रभावित बानउनका लागि चीनबाट धेरै अनलाइन सामग्रीहरु सार्वजनिक हुने गरेको मेटाले जनाएको छ ।

यसबाट सतर्क रहनुपर्ने मेटाको विश्वव्यापी जोखिम विभागका बेन निम्मोलाई उद्धृत गर्दै द स्ट्रेट टाइम्सले जनाएको छ । मेटाले हालै चीनबाट सञ्चालित झण्डै ५ हजार नक्कली अकाउन्ट हटाइदिएको जनाएको छ ।

यस्ता अकाउन्टहरुले चीनको प्रसंशा गरेको र आन्तरिक राजनीतिबारे टिप्पणी गर्ने गरेका थिए ।

मेटाले यस्ता अकाउन्ट चीनबाट सञ्चालन भएको बताएपनि यसमा चीन सरकारको प्रत्यक्ष संलग्नता रहेकोबारे केही उल्लेख गरेको छैन ।

प्रकाशित मिति: ३ पुस २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्