हनी ट्र्यापमा पारेर पैसा असुल गर्ने तीन महिलालाई डेढ वर्ष कैद


 


बुटवल, पुस ३ । एक पुरुषलाई हनी ट्र्याप पारेर पैसा असुलेको अभियोगमा घोराहीका तीन महिलालाई अदालतले कैद र जरिवानाको फैसला सुनाएको छ ।

एक कानून व्यवसायी समेत रहेका पुरुषलाई होटेलमा खाजा खान बोलाएर बलात्कारको मुद्दा हाल्ने धम्की दिई १८ लाख असुल्ने तीन महिलालाई दाङ जिल्ला अदालतले जनही डेढ वर्ष कैद र जरिवाना गर्ने फैसला गरेको हो ।

अदालतका तहसिलदार निरञ्जनबाबु पाण्डेका अनुसार यो अभियोगमा उनीहरु यसअघि धरौटीमा छुटेका थिए ।

जिल्ला न्यायाधीश जगबहादुर पौडेलको एकल इजलासले कानुन व्यवसायीबाट १ लाख नगद र १७ लाख चेक बुझेका घोराही १५ का ३२ वर्षीय सीतादेवी थापा १५ हजार रुपैयाँ, ३५ वर्षीय खुमा वली र ३२ वर्षीय सुष्मा परियारलाई कैदसहित जनही १० हजार रुपैयाँ जरिवाना गर्ने अदालतले फैसला गरेको छ ।

उनीहरूले सुरुमा ५० लाख रुपैयाँको बार्गेनिङ गरेको र अन्तमा १८ लाखमा कुरा मिलाएको यसअघि प्रहरी अनुसन्धानबाट खुलेको थियो । ती महिलाबाट १७ लाखको चेक पनि प्रहरीले बरामद गरेको थियो ।

प्रकाशित मिति: ३ पुस २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्