तेलसहित अन्य वस्तुको भाउ बढ्न सक्ने चेतावनी


 


काठमाडौँ, पुस ३ । विश्व बजारमा तेल र अन्य वस्तुको भाउ बढ्न सक्ने चेतावनी विश्लेषकहरूले दिएका छन् ।

लाल सागरमा व्यावसायिक जहाजहरूलाई लक्षित गरेर यमनका हुथी विद्रोहीहरूले ज ड्रोन र रकेट आक्रमण भएपछि कयौँ कम्पनीहरूले त्यो मार्ग भएर ढुवानी बन्द गर्दा यस्तो चेतावनी दिइएको हो ।

लाल सागरमा आक्रमणपछि अमेरिकाले लाल सागर रुटमा जहाजको सुरक्षाका लागि सैन्य अपरेसन नै सुरु गरेको छ । यो अपरेसनमा बेलायत, क्यानडा, फ्रान्स, बहराइन, नर्वे र स्पेन जस्ता देशका सुरक्षाकर्मीहरू पनि खटिएका छन् ।

लाल सागर विश्वभर तेल र तरलीकृत ग्यास ढुवानीका लागि मुख्य रुट हो । यहाँबाट टिभी, विद्युतीय सामान, ट्रेनर जस्ता उपभोग्य वस्तु पनि ढुवानी हुन्छन् ।

लाल सागरबाट हुने ढुवानीलाई केफ अफ गूड होप भएर लैजाँदा ३ हजार ५०० माइल बढी यात्रा गर्नुपर्छ ।

प्रकाशित मिति: ३ पुस २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्