आईपीएलकै महँगा खेलाडी बने मिचेल स्टार्क


 


काठमाडौं, पुस ३ । अष्ट्रेलियन क्रिकेटर मिचेल स्टार्क इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको सबैभन्दा महँगो खेलाडी बनेका छन् ।

३३ वर्षका बायाँ हाते पेसर मिचेललाई कोलकता नाइट राइडर्सले २४ करोड ७५ लाख भारतीय रुपैयाँमा किनेपछि उन हालसम्मकै महंगा खेलाडीको रुपमा आएका हुन् ।

उनले प्याट कमिन्सको कीर्तिमान तोडेका हुन् । प्याट कमिन्सलाई हैदराबादले २० करोड ५० लाख रुपैयाँमा किनेको छ ।

स्टार्क योर्कर, इन स्वींग, गति र बाउन्सरको लागि चिनिन्छन् । स्टार्कले प्रतिघण्टा १६०।४ किलोमिटरको गतिमा बलिङ गर्ने गर्दछन् । वर्तमान समयमा सबैभन्दा उत्कृष्ट गतीमा बलिङ गर्छन् उनी ।

स्टार्क र कमिन्स दुबैले अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट बलिङ गर्दै आएका छन् । अष्ट्रेलियालाई विश्वकप उपाधि जिताउन सानदार प्रदर्शन गरेपछि अक्सनमा झनै बढी मूल्य पाएका हुन् ।

स्टार्कले अक्सनमा न्यूनतम २ करोड भारु राखेका थिए । सुरुवातमा दिल्ली र मुम्बईबीच प्रतिस्पर्धा भएको थियो । ९ करोड ६० लाखपछि दिल्लीले मूल्य लगाउन छाडेको थियो । त्यसपछि कोलकाताले मूल्य लगाएको थियो । त्यसपछि गुजरात पनि थएिको थियो । ९ करोड ६० लाखपछि दिल्ली र मुम्बई दुबै पछि हटेका थिए ।

त्यसपछि गुजरात र कोलकाताबीच अक्सनमा प्रतिस्पर्धा भएको थियो । त्यसपछि लगातार प्रतिस्पर्धा हुँदा २४ करोड कटेको थियो ।

प्रकाशित मिति: ३ पुस २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्