चैतसम्म संविधान खारेज हुने सूचना पाएको छु : शंकर भण्डारी


 


पोखरा, पुस ३ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले चैतसम्म संविधान खारेज हुन सक्ने बताएका छन् ।

पोखरामा जारी कांग्रेस गण्डकी प्रदेश सम्मेलनको उद्घाटन सत्रमा भण्डारीले चैतसम्म हालको संविधान खारेज हुने सूचना पाएको बताएका हुन् ।

यदि मैले पाएको सूचना गलत छैन भने चैतसम्म यो संविधान खारेज हुन सक्छ,’उनले भने, ‘मैले यो कुरा शेरबहादुर दाइलाई भनेको छु ।’

प्रकाशित मिति: ३ पुस २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्