वर्तमान सरकार रहँदासम्म देशले दुःख पाउँछ : उपाध्यक्ष पौडेल


 


काठमाडौँ, पुस ३ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकार पूर्णतः असफल भएको बताएका छन् ।

वर्तमान सरकारको एक वर्षे कार्यकालको समीक्षा गर्दै उनले यस्तो बताएका हुन् । उनले सत्तारुढ दलका नेताहरुले नै वर्तमान सरकार असफल भएको प्रतिक्रिया दिएको दाबी समेत गरे ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका उपाध्यक्ष पौडेलले कांग्रेस महामन्त्री गगन थापाको अभिव्यक्तिप्रति संकेत गर्दै सरकार असफल भयो भनेपछि किन बोक्ने भनेर पनि प्रन गरे । उनले वर्तमान सरकार रहेसम्म देशले दुःख मात्रै पाउने जिकिर गरे ।

वर्तमान सरकारसँग देश बनाउने कुनै नीति, विचार, विश्लेषण, गन्तव्य नभएको उनको भनाई छ ।

प्रकाशित मिति: ३ पुस २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्