अछाममा जीप दुर्घटना हुँदा १३ जना घाइते


 


अछाम, पुस ३ । बाजुराबाट छुटेको जीप अछाममा दुर्घटना भएको छ।

सुर्खेत गइरहेको भे १ च २५७६ नम्बरको जीप मंगलबार अछामको मंगलसेन नगरपालिका–७ सिन्जाडाँडामा दुर्घटना भएको हो।

दुर्घटनामा जिपमा सवार १४ जनामध्ये १३ जना घाइते भएकाजिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।

उनका अनुसार घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । जीप उकालोमा ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ३ पुस २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्