एनसेलको शेयर खरिद बिक्री अस्वाभाविक : प्रधानमन्त्री


 


काठमाडौँ, पुस २ । प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेलको शेयर खरिद बिक्री अस्वाभाविक रहेको बताएका छन् । मं

गलवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै दाहालले यस्तो बताएका हुन् ।

एनसेलको वैदेशिक लगानी शेयर खरिद बिक्री, कर राजश्व, विदेशी मुद्रा सटही समेतको विषयमा प्रमाण तथा कागजात सङ्कलन भइरहेको उनले बताए ।

उनले अध्ययन तथा छानबिन समितिको यकिन राय सुझावसहितको प्राप्त भएपछि उक्त राय सुझावसहितको आधारमा नेपाल सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूको नियमन, विदेशी लगानीको वातावरण निर्माणमा थप सहजीकरण, विदेशी मुद्रा सटही सुविधा र कर प्रशासनमा सुधारका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाए ।

प्रधानमन्त्री दाहालले एनसेल शेयर खरिद बिक्री सहज नलागेकै कारण सरकारले अध्ययन समिति बनाएको स्पष्ट पारे। कानुन विपरीतका काम कारबाही भए, गरेको पाइएमा कानुनबमोजिम हदैसम्मको कारबाही गर्न सरकार प्रतिबद्ध रहेको छ ।

प्रकाशित मिति: ३ पुस २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्