मन्त्री क्वार्टरको टहरामा आगलागी


 


ललितपुर, पुस २ । ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वार्टर परिसरमा रहेको एक टहरामा आगलागी भएको छ ।

कामदार बस्ने टहरामा मंगलबार बिहान ११ बजेतिर आगलागी भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए ।

बिहान खाना पकाउने क्रममा आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । आगलागी भएको केहीबेरमा दमकल पुगेर नियन्त्रणमा लिइसकेको छ ।

क्षति विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ३ पुस २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्