राप्रपाले गर्याे आन्दोलनमा जाने निर्णय


 


काठमाडौँ, पुस ३ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले आन्दोलनमा जाने निर्णय गरेको छ ।

केन्द्रीय समिति बैठककै बीच मंगलबार बिहान बसेको बैठकले आन्दोलनमा जाने निर्णय गरेको हो । आन्द्योलनमा जाने निर्णय केन्द्रीय समितिबाट अनुमोदन गरेर सार्वजनिक गर्ने तयारी गरिएको छ ।

आन्दोलनमा जाने निर्णय भएसँगै पार्टी तत्काल प्रदेश र संघीय सरकारमा सहभागी हुने सम्भावना सकिएको एक नेताले बताए ।

आन्दोलनका लागि पुस र माघमा आन्तरिक तयारी गर्ने र फागुनदेखि चरणबद्ध आन्दोलनमा जाने तयारी गरिएको बताइएको छ ।

कोशी प्रदेशमा राप्रपा सरकारमा सहभागी हुनसक्ने चर्चा चल्दै आएको थियो भने संघमा पनि बेलाबेला सरकारमा सहभागिताको विषयमा छलफल हुने गरेको थियो ।

अध्यक्ष लिङ्देन सरकारमा सहभागिताको विषयमा सफ्ट लाइनमा हुँदा महामन्त्री धवल शमशेर राणा भने आन्दोलनको पक्षमा रहँदै आएका छन् ।

प्रकाशित मिति: ३ पुस २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्