देशवासीको नाममा विशेष सम्बोधन गर्ने प्रधानमन्त्री प्रचण्डकाे तयारी


 


काठमाडौँ, पुस ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशवासीको नाममा विशेष सम्बोधन गर्ने तयारी गरेका छन् ।

सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्रीले विशेष सम्बोधनको तयारी गरेकोप्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए । प्रचण्ड प्रधानमन्त्री नियुक्त भएको आगामी मंगलबार एक वर्ष पूरा हुँदै छ ।

प्रधानमन्त्री दाहाल आफैँले एक वर्षपछि नयाँ ढङ्गले काम गर्न चाहेको बताउँदै आएका छन् । दाहालले सोमबारमात्रै पनि आफ्नो कार्यकालको दोस्रो वर्षलाई विशेष बनाउन चाहेको बताएका थिए ।

प्रकाशित मिति: ३ पुस २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्