एमालेले अब हुलाकी राजमार्ग केन्द्रित यात्रा गर्ने


 


विराटनगर, पुस ३ । भर्खरै मध्यपहाडी राजमार्ग केन्द्रित अभियान सकेको नेकपा एमालेले अब हुलाकी राजमार्ग केन्द्रित यात्रा गर्ने भएको छ ।

नेकपा एमाले मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेका महासचिव शंकर पोखरेलले हुलाकी राजमार्ग केन्द्रीत अभियान गर्ने तयारी गरिएको जानकारी दिएका हुन् ।

मध्यपहाडी यात्राबाट उत्साहित भएको भन्दै उनले अब पार्टीले हुलाकी राजमार्ग केन्द्रित यात्रा गर्ने निर्णय गर्ने बताए । तर हुलाकी राजमार्ग केन्द्रित यात्रा सुरु हुने मिति भने उनले बताएनन् ।

नेकपा एमालेले गत मंसिर १४ गतेदेखि पुस ३ गतेसम्म बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी राजमार्ग केन्द्रित अभियान चलाएको थियो ।

प्रकाशित मिति: ३ पुस २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्