चीनको उत्तरपश्चिमी क्षेत्रमा शक्तिशाली भूकम्प : कम्तीमा १०० जनाको मृत्यु


 


काठमाडौं । चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको छ भने २०० बढी घाइते छन् ।

समाचारमा जनाइएअनुसार उत्तर–पश्चिम गान्सु प्रान्तमा ५.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

गान्सुसँगै छिमेकी प्रान्तका भवनहरूमा पनि क्षति पुगेको छ । भूकम्पका कारण केही भागमा विद्युत र खानेपानी आपूर्ति पनि अवरुद्ध भएको छ।

उद्धार कार्य जारी रहेको समाचारमा उल्लेख छ । केन्द्र सरकारले स्थानीय आपतकालीन कर्मचारीहरूलाई सहयोग गर्न उद्धारकर्मीहरूको टोली पठाएको छ।

प्रकाशित मिति: ३ पुस २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्