त्रिविले बनायो कीर्तिमान, दीक्षान्त समारोहमा सर्वाधिक विद्यार्थी सहभागी


 


काठमाडौं, पुस २ । त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा विश्वमै सबैभन्दा धेरै विद्यार्थी सहभागी गराएर कीर्तिमान बनाएको छ ।

सोमबार दशरथ रंगशालामा आयोजित त्रिविको ४९ औं दीक्षान्त समारोहमा २६ हजार भन्दा बढी विद्यार्थी दीक्षित भएको त्रिविले जनाएको छ ।

यो संख्या कुनै विश्वविद्यालयको दीक्षान्त समारोहमा भौतिक रुपमा उपस्थित सबैभन्दा धेरै संख्या हो ।

अफिसियल वर्ल्ड रेकर्ड एसोसिएसन ९ओडब्लुआर० ले त्रिभुवन विश्वविद्यालयलाई कीर्तिमानको प्रमाणपत्र समेत दिएको छ ।

प्रकाशित मिति: २ पुस २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्