श्रद्धालुभक्तजनको चापले रेल सेवा सेवा तालिकाबिना सञ्चालन


 


जकपुरधाम, पुस २ । ‘सीताराम’ विवाह पञ्चमी मेलामा आएका श्रद्धालुभक्तजनलाई लक्षित गरी दुई दिन जकपुर-जयनगर सेवा तालिकाबिना सञ्चालन हुने भएको छ ।

रेल्वे कम्पनीले आइतबार नै एक सूचना जारी गर्दै भंगहा खण्डमा रेल सेवा स्थगित गर्दै जकपुर(जयनगर सेवा तालिकाबिना सञ्चालन हुने जानकारी दिएको हो ।

कम्पनीले सोमबार बेलुकासम्मका लागि जनकपुरदेखि भंगहासम्म सञ्चालन भएको रेल सेवा स्थगित गरेको हो ।

सूचनामा लेखिएको छ, ‘।।मिति २०८०र०९र०३ गते बिहान भंगहाबाट जनकपुरतर्फ आउने रेल सेवा स्थगित गरिएको हुँदा यसबाट यात्रुमहानुभावहरुलाई पर्न जाने असुविधाको लागि क्षमापार्थी छौ, साथै मिति २०८०र०९र०३ गते बेलुकादेखि जनकपुर भंगहा खण्डमा पूर्ववत् नियमित रुपमा रेल सेवा संचालन हुने व्यहोरा समेत सम्बन्धित सबै पक्षको जानकारीका लागि अनुरो छ ।’

भंगहादेखि जयनगरसम्म दिउँसो आउने र जाने गरी दुईपटक र जनकपुरबाट आउने जाने गरी चारपटक रेल सेवा नियमित सञ्चालनमा रहेको छ ।

प्रकाशित मिति: २ पुस २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्