‘खाडीमा फ्रि भिसा फ्रि टिकटमा श्रमिक पठाउन सकिँदैन’


 


काठमाडौं, पुस १ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव केवलप्रसाद भण्डारीले विभिन्न खाडीलगायतका मुलुकहरूमा फ्रि भिसा फ्रि टिकटमा नेपाली श्रमिकहरू पठाउन नसकिने बताएका छन् ।

आइतबार एक कार्यक्रममा बोल्दै सचिव भण्डारीले यस्तो बताएका हुन् । उनले सरकारले कार्यान्वयनका लागि काम गरेको भएपनि सम्भव नभएको बताए ।

उनले श्रमिकहरूको एक महिनाको पारिश्रमिक बराबर सेवाशुल्क म्यानपावरले लिन पाउने गरी छलफल भइरहेको उनले बताए । सीपयुक्त श्रमिकबाट फरक सेवाशुल्क लिनसक्ने गरी पनि छलफल भइरहेको उनले बताए।

सरकारले २०७२ सालमै खाडीका सबै मुलुक तथा मलेसियामा फ्रि भिसा फ्रि टिकटमा नेपाली श्रमिकहरू जान पाउने घोषणा गरेको छ । तर कार्यान्वयनमा आउन सकेको छैन।

प्रकाशित मिति: १ पुस २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्