रुसी सेनामा कार्यरत कैलालीका एक जनाको मृत्यु


 


धनगढी, पुस १ । रुस–युक्रेन युद्धमा कैलालीको टीकापुरका एक युवाको मृत्यु भएको खुलेको छ ।

रसियन सेनामा कार्यरत टीकापुर नगरपालिका–१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको युक्रेनी सेनासंगको भिडन्तमा मृत्यु भएको हो ।

भरतको परिवारका अनुसार उनको मृत्यु २६ नोभेम्बर (मंसिर १० गते) नै भएको भएपनि सदस्यले केही दिनअघि मात्र जानकारी पाएका हुन् ।

भरतसँगै रुसी सेनाका तर्फबाट युद्धमा सहभागी कञ्चनपुरका रोशन थापाले आफ्नी श्रीमतीलाई भरत युद्धमा मारिएको खबर पठाएको र उनीहरुबाट ढिला मात्र जानकारी पाएका हुन् ।

गत ३० साउनमा संयुक्त अरब इमिरेट्सको दुबई गएका भरत शाह पूर्वप्रहरी हुन् । उनी दुबईमा सुरक्षा गार्डका रुपमा काम गर्दैगर्दा त्यहाँबाट रुस गएका थिए । भरतका श्रीमती, नाबालक छोरा र छोरी छन् ।

प्रकाशित मिति: १ पुस २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्