तनहुँमा बस दुर्घटना, १८ यात्रु घाइते


 


काठमाडौं, पुस १ । तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ कमलवारीस्थित पृथ्वी राजमार्गमा बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

मुग्लिनबाट पोखरातर्फ गइरहेको ग २ ख १४५९ नम्बरको बसले टिपरलाई ओभरट्याक गर्ने क्रममा बसको दाहिनेतर्फको टायर सडकबाट तल खसेको थियो।

बस दुर्घटनामा घाइतेमध्ये असिमा साही, सविता सुनार, सविना सुनार, प्रदीप गोदारको दमौली अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए।

यस्तै, रत्नहरि मेमोरियल अस्पताल तनहुँमा सुरन राई, पिल्लिमाया थापा, ज्ञानदेवी श्रेष्ठ, स्नेहा श्रेष्ठ, एन्जल भट्टराई, पूर्णबहादुर गुरूङको उपचार भइरहेको प्रहरीले जनाएको छ।

घाइते भएका बविता थापा, नवीन थापा, दुर्गा थापा, नवीना थापा, दीपा थापा, सुमित्रा राई, जुनु भट्टराई, पूर्णिमा भट्टराईलाई भने थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १ पुस २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्