सडक दुर्घटनापछि सडक अवरुद्ध, गाउँपालिका उपाध्यक्षसहितका व्यक्ति पक्राउ


 


दाङ, पुस १ । दाङमा टिपरको ठक्करबाट दुईजना युवाको मृत्यु भएपछि आफन्तले सडक अवरुद्ध पारेर प्रदर्शन गरेका छन् ।

शुक्रबार राति टिप्परको ठक्करबाट प्युठानका दुई युवाको मृत्युको घटनालाई लिएर आइतवार बिहानदेखि मृतकका आफन्तले प्रदर्शन सुरु गरेका हुन् ।

मृतकका परिवारले उचित क्षतिपूर्तिको व्यवस्था र टिपर चालकलाई कारबाही नभएसम्म शव नउठाउने भन्दै आइतबार दाङ बन्दको आह्वान गरेका छन्।

सडक अवरुद्ध गरेर प्रदर्शन गरेपछि प्रहरीले प्युठानको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेल र नौबहीनी गाउँपालिका(६ का वडाअध्यक्ष मानबहादुर केसीसहित मृतकका केही आफन्तलाई नियन्त्रणमा लिएको छ ।

टिपर व्यवसायी र पीडित पक्षबीच शनिबार वार्ता भएपनि सफल हुन सकेन । वार्ता सफल नभएपछि पीडित पक्षले घोराही(तुलसीपुर सडकखण्ड अवरुद्ध गर्ने चेतावनी दिएको थियो ।

प्रकाशित मिति: १ पुस २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्