राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दललाई आज चुनाव चिह्न प्रदान गरिँदै


 


काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आज राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्नेछ ।

दल दर्ताको अन्तिम दिन शुक्रबारसम्ममा १२ दलले निवेदन दिएको थियो ।

दर्ता भएका दललाई चुनाव चिह्न प्रदान गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

दललाई चुनाव चिह्न प्रदान गरिसकेपछि पुस ४ गते दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगको कार्यतालिकामा उल्लेख छ । माघ ११ गते १९ पदका निम्ति निर्वाचन हुनेछ ।

प्रकाशित मिति: १ पुस २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्