धनगढीमा डा. केसीको अनसनविरुद्ध प्रदर्शन


 


धनगढी, मंसिर ३० । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा।गोविन्द केसीको अनशनविरुद्ध धनगढीमा शनिबार प्रदर्शन गरिएको छ ।

गेटामा मेडिकल विश्वविद्यालय बनाउने प्रदेशबासीको माग विपरीत केसीले अनसन बसेको भन्दै चिकित्सा शिक्षा सरोकार संघर्ष समिति नेपालले प्रर्दशन गरेको हो । संघर्ष समितिको नेतृत्वमा भएको प्रदर्शनमा डा. केसीविरुद्ध नाराबाजी गरिएको छ ।

डा. केसी शुक्रबार साँझदेखि धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनशनमा बसेका छन् । सरकारले विगतमा गरेका सहमति कार्यान्वयन गर्न माग गर्दै अनसन बसेका डाक्टर केसी शुक्रबार साँझ गेटा मेडिकल कलेजमा अनसन बस्न पुगेका थिए ।

तर शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले अवरोध गरेपछि उनी धनगढी आएर अनसन बसेका थिए ।

प्रकाशित मिति: ३० मंसिर २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्