कोशीमा यातायात बन्द गराउँदै हिँडेका ६ जना पक्राउ


 


विराटनगर, मंसिर ३० । कोशीमा यातायात बन्द गराउँदै हिँडेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले शनिबार बिहान धरानबाट ५ जना र झापाको केरखाबाट एक जनालाई पक्राउ गरेको हो ।

नेकपा एमालेको संकल्प यात्रा बिथोल्न खोजेको आरोपमा पक्राउ परेकाहरूलाई रिहा गर्न माग गर्दै कोशीका आन्दोलनकारीले आज बन्दको घोषणा गरेका थिए ।

प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले पक्राउ परेका आफ्ना ३५ जना नेता, कार्यकर्ताहरूको रिहाइको माग गरेका छन् ।

बन्द आह्वानका कारण पहाडी जिल्लाहरूमा यातायातका साधन चल्न सकेका छैनन् ।

प्रकाशित मिति: ३० मंसिर २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्