रोहित शर्मालाई कप्तानबाट हटाइयो


 


एजेन्सी । मुम्बई इन्डियन्सले रोहित शर्मालाई कप्तानबाट हटाएको छ । क्लबले शुक्रबार सामाजिक सञ्जालमार्फत शर्मालाई हटाउँदै क्बलको कप्तानीको जिम्मेवारी स्टार अलराउन्डर हार्दिक पाण्ड्यालाई सुम्पिएको जनाएको हो ।

मुम्बई इन्डियन्सका विश्वव्यापी प्रदर्शन प्रमुख महेला जयवर्धनेले रोहित शर्माको असाधारण नेतृत्वका लागि आभारसमेत व्यक्त गरेका छन् । क्लबबाट अब रोहितले खेलाडीको रूपमा मात्र खेल्नेछन्। रोहितले २०१३ देखि २०२३ सम्म मुम्बईको कप्तानी गरेका थिए ।

रोहितको कप्तानीमा मुम्बईले पाँच पटक ९२०१३, २०१५, २०१७, २०१९ र २०२०० मा उपाधि जितेको थियो । हार्दिकले २०१५ मा मुम्बईको लागि डेब्यू गरेका थिए । मुम्बईलाई चार उपाधि दिलाउन हार्दिकको महत्वपूर्ण भूमिका थियो ।

२०२२ को मेघा अक्सनमा मुम्बईले हार्दिकलाई टोलीबाट फुकुवा गरेपछि उनले सोही वर्ष गुजरात टाइटन्सबाट कप्तानी गर्दै टोलीलाई च्याम्पियन बनाएका थिए ।

गत वर्ष उनको कप्तानीमा गुजरात फाइनलमा चेन्नईमा पराजित भएको थियो । दुई सिजन गुजरातमा बसेपछि उनी पुनस् आफ्नो पुरानै टोलीमा फर्किएका हुन्।

प्रकाशित मिति: ३० मंसिर २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्