नयाँ दलप्रति जनता आकर्षित छैनन् : उपमहासचिव गुरुङ


 


तेह्रथुम, मंसिर ३० । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले संकल्प यात्राका क्रममा जनता नयाँ दलप्रति आकर्षित नरहेको सन्देश पाएको बताएका छन् ।

शनिवार तेह्रथुम पुगेका उनले एमालेको झुलाघाट—चिवाभञ्ज्याङ यात्राले नागरिकमा जनताको क्रेज अत्याधिक रहेको पाएको दाबी गरे । उनले एमाले पुरानो पार्टी भयो भन्नेहरुलाई यात्राबाटै जनताले जवाफ दिएको बताए ।

उनले वर्तमान सरकारले विकास निर्माणका कुनै काम अघि बढाउन नसकेको भन्दै एमालेप्रति नै जनताको विश्वास रहेको बताए ।

प्रकाशित मिति: ३० मंसिर २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्