पल शाहविरुद्धको मुद्दा दोहोर्‍याएर हेरिँदै, सर्वोच्चले दियो अनुमति


 


काठमाडौं, मंसिर ३० । अभिनेता पल शाहविरुद्धको मुद्दा दोहोर्‍याएर हेरिने भएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले उक्त फैसला दोहोर्याएर हेर्न पाउँ भनि दिएको निवदेनमा सर्वोच्च अदालतले मुद्दा दोहोर्याएर हेर्न अनुमति दिएको हो ।

उच्च अदालत पोखराका न्याधीशद्वय शुष्मालता माथेमा र हरिप्रसाद फुयालको यही मंसिर २२ गेतको संयुक्त इजलासले प्रमाणहरूको समुचित मूल्यांकन नगरी फैसला गरेको भन्दै उच्च अदालतले शाहविरुद्धको फैसला दोहोर्‍याएर हेर्न अनुमति प्रदान गरेको हो ।

पीडितको बकपत्र र प्रतिवादीको बयान तथा शारीरिक परीक्षण प्रतिवेदन तथा चिकित्सकको बकपत्र, पीडित र प्रतिवादीबीचको अडियो रेकर्ड र त्यसको प्रतिवादीबाट अदालतको बयानमा रहेको स्वीकारोक्तिलगायतका प्रमाणको समुचित मूल्यांकन नभएको सर्वोच्चको भनाइ छ ।

अभिनेता शाहले बलात्कार गरेको भन्दै एक नाबालिगले २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुरमा जाहेरी दिएकी थिइन् ।

पूर्पक्षका लागि थुनामा रहेका शाहलाई उच्च अदालतका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले सफाइ दिएको थियो ।

प्रकाशित मिति: ३० मंसिर २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्