खाणसँग सम्पत्ति शुद्धीकरण विभागले पनि माग्यो १५ लाख धरौटी


 


काठमाडौँ, मंसिर २९ । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणसँग सम्पत्ति शुद्धीकरण विभागले १५ लाख रुपैयाँ धरौटी मागेको छ ।

शुक्रबार काठमाडौँ जिल्ला अदालतमा ३० लाख धरौटी बुझाएर खाणलाई शुद्धीकरण विभाग लगिएको थियो । उनले विभागमा १५ लाख रुपैयाँ धरौटी झाएका छन् ।

विभागमा खाणले धरौटी बुझाएलगत्तै उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगिएको छ । खाणमाथि सम्पत्ति शुद्धीकरण विभाग र अख्तियारले पनि अनुसन्धान गरिरहेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी खाणलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

प्रकाशित मिति: २९ मंसिर २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्