कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो, दुई प्रमुख एजेण्डा


 


काठमाडौं, मंसिर २८ । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आउँदो पुस १२ गतेदेखि बस्नेगरी केन्द्रीय समिति बैठक बोलाएको हो।

बैठकमा राष्ट्रिय सभाको उम्मेदवार चयन, अरू दलहरूसँगको गठबन्धन लगायतका विषयमा छलफल हुने कांग्रेसले जनाएको छ।

यसअघि शुक्रबार नै बसेको कार्यसम्पादन समिति बैठकले महासमिति बैठक सार्ने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति: २९ मंसिर २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्