लुम्बिनीका महिला कर्मचारीलाई एक दिन महिनावारी बिदा


 


काठमाडौं, मंसिर २७ । लुम्बिनी प्रदेशमा महिला कर्मचारीलाई महिनावारीको समयमा बिदा दिने विधेयक प्रमाणीकरण भएको छ ।

महिनावारी (पिरियड्स) बिदा दिने व्यवस्थासहित प्रदेश निजामती सेवाको गठन, संचालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रदेश प्रमुख अमिक शेरचनले गत मंसिर २१ गते प्रमाणीकरण गरेका हुन् ।

उक्त विधेयक भदौ २२ गते प्रदेशसभामा पेस भएको थियो। सभामुख तुलराम घर्तीले झन्डै तीन महिनापछि त्यो विधेयक प्रदेश प्रमुख शेरचनकहाँ पठाएपछि बल्ल प्रमाणीकरण भएको हो।

अब उक्त विधेयक राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनको चरणमा प्रवेश गर्नेछ ।

प्रकाशित मिति: २९ मंसिर २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्