अब यी २५ क्षेत्रमा हड्ताल गर्न नपाइने, सूची सार्वजनिक


 


काठमाडाैं, मंसिर २९ । सरकारले राजपत्रमा सूचना प्रकाशन गर्दै हड्ताल गर्न नपाइने २५ क्षेत्रहरू तोकेको छ ।

गृहमन्त्रालयले आवश्यक सेवा सञ्चालन ऐन २०१४ अनुसार हडताल निषेधित क्षेत्र तय गरिएको जनाएको छ।

राजतन्त्रमा प्रकाशित सूचना अनुसार डाँक तार टेलिफोन सेवा, जल स्थल वा हवाइमार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात सेवा, हवाई अड्डा वा हवाइजहाजको देखभाल, त्यसको सञ्चालन र मर्ममत गर्ने कामसँग सम्बन्धित सेवामा हड्ताल गर्न पाइँदैन ।

यस्तै सरकारले सञ्चार, प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा, पर्यटन अवास, मोटेल, होटेल रेष्टुराँ र रिसोर्टसम्बन्धी सेवा, आन्तरिक सुरक्षा, हतियार खरखजना वा अरू कुनै सैनिक सरसामान उत्पादन र वितरणसम्बन्धी कामका क्षेत्रमा पनि हड्ताल गर्न नपाइने जनाएको छ ।

प्रकाशित मिति: २९ मंसिर २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्