स्रोत नखुलेको रकमसहित एकजना पक्राउ


 


नवलपरासी पश्चिम, मंसिर २९ । रामग्राम नगरपालिका-५ बुद्ध चोकबाट स्रोत नखुलेको नगदसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले ७ लाख ९ सय रूपैयाँसहित पाल्हिनन्दन गाउँपालिका-२ हरपुर बस्ने १९ वर्षीय मोहम्मद समिर धुनियालाई बिहीबार दिउँसो पक्राउ गरेको हो । लु.५९ प ३२३९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक धुनियालाई उक्त नगदसहित फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २९ मंसिर २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्