डा. गोविन्द केसीले भोलिदेखि सत्याग्रह सुरु गर्ने


 


काठमाडौं, मंसिर २९ । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा।डा। गोविन्द केसीले भोलिदेखि सत्याग्रह सुरु गर्ने भएका छन् ।

डा। केसीले शुक्रबार विहान पत्रकार सम्मेलन गर्दै भोलि शनिबार बेलुकी ५ बजेदेखि तीन दिने सत्याग्रह सुरु गर्न लागेको जानकारी दिए ।

सरकारले विगतमा पटक–पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै फेरि सत्याग्रह सुरु गर्न बाध्य भएको बताए ।

उनले विगतमा भएका सम्झौता, सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्ने माग राखेका छन् ।

सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्याउने, गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा ल्याउनेस चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्‍याउनेस जनसंख्या र भौगोलिक अवस्थितिअनुसार यस अगाडि सम्झौता भए बमोजिम इलाम, उदयपुर, डडेलधुरारामा सरकारी मेडिकल कलेजहरु खोल्ने माग अगाडि सारेका छन् ।

प्रकाशित मिति: २९ मंसिर २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्