एमाले कमजोर भयो भन्ने भ्रमलाई संकल्प यात्राले चिरेको छ : ज्ञवाली


 


इटहरी, मंसिर २९ । नेकपा एमालेका उपमहासचिब प्रदीप ज्ञवालीले मध्यपहाडी संकल्प यात्रा १६ औं दिनमा आइपुग्दा एमालेको जनतासँगको सम्बन्ध असाध्यै निकट भएको बताउनुभएको छ ।

एमाले कमजोर बन्दै गइरहेको छ भन्ने भ्रमलाई यो यात्राले चिरेको उहाँको दाबी छ । यात्राका क्रममा देश बिकास र सम्बृद्धिका लागि एमाले बाहेक अर्को शक्ति छैन भन्ने जनतामा दर्विलो बिश्वास पाएको उहाँले बताउनुभयो ।

यो अभियानले नयाँ उर्जा प्रदान गरेको, मनोबल र आत्मविश्वास माथि उठेको नेता ज्ञवालीले बतानुभयो । चुनाव नआउदा पनि एमालेका नेताहरु घर घर आइपुग्नुभयो भनेर जनता उत्साहित बनेको उहाँले जनाउनुभयो ।

उपमहासचिब ज्ञवालीका अनुसार संकल्प यात्राको १५ दिनमा २९ वटा ठूलासभा र सय बढि भेला सम्पन्न भएका छन् । राती ११ बजे सम्म पनि जनताले फूलमायाँ लिएर स्वागत गरेर उत्साहित बनाएको नेता ज्ञवालीले बताउनुभयो ।

करिव ८ लाख जनता सँग प्रत्यक्ष भेटघाट र १० लाखसँग प्रत्यक्ष अप्रत्यक्ष संवाद भएको र अभियान सकिदा २५ लाख जनतासँग प्रत्यक्ष परोक्ष संबाद हुने उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार अभियानका क्रममा जनता परिवर्तन,गणतन्त्र र एमालेको पक्षमा छन् भन्ने देखिएको छ । उपमहासचिब ज्ञवालीले भन्नुभयो “देश र अन्य राजनीतिक शक्तिहरुलाई पनि जनतामा जानुपर्छ भन्ने ठूलो शन्देस दिएको छ” ।
युवा केन्द्रित कार्यक्रम नल्याए गाँउ युवा बिहिन बन्ने चुनौती देखिएको उममहासचिब ज्ञवालीको अनुभूती छ । उहाँले भन्नुभयो “बसाई सराई रोक्न के गर्न सकिन्छ भन्ने बारेमा जनताका सुझाव ग्रहण गर्ने काम भएको छ । अयिभानका क्रममा ज्ञापन पत्र मार्फत जनताका हजारौ सरोकारका विषय प्राप्त गरिएको छ । ”

पूर्वी क्षेत्रमा केहि सिमित ब्यक्तिहरुले पहिचानका नाममा वर्षौदेखि मिलेर बसेको समाजमा तिक्तता फैलाउन खोजेको पाइएको बताउनुभयो ।

प्रकाशित मिति: २९ मंसिर २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्