चीनको सम्पत्ति क्षेत्र पनि संकटमा !


 


काठमाडौँ । चीनको सम्पत्ति क्षेत्र संकटमा परेको छ । देशका ठूला घर निर्माण गर्नेहरू भग्नावशेषमा छन् । देशका दुई ठूला विकासकर्ताहरू चाइना एभरग्रान्ड समूह र कन्ट्री गार्डेन होल्डिङ्स ऋणमा डुबेका छन् । यी कम्पनीहरू कुल ५०० बिलियन डलर ऋणमा छन् ।

वास्तवमा २०२१ को मध्यदेखि, चिनियाँ घर बिक्रीको ४० प्रतिशत भाग लिने फर्महरूले संकटको सामना गरिरहेका हुन् । अधिकांश निजी सम्पत्ति विकासकर्ता हुन् । चीनमा करिब दुई करोड घरहरू बिक्री भइसकेका छन् तर अझै पूरा भएका छैनन् । सन् २०२३ को अक्टोबरमा घरको मूल्य २०१४ पछि सबैभन्दा धेरै घटेको छ । चीनको सम्पत्ति बजारले देशको अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको छ । हालैका वर्षहरूमा चीनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को रियल स्टेट र सम्बन्धित क्षेत्रहरूले २५ प्रतिशत ओगटेको अन्तराष्ट्रि सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अहिले यो संख्या २२ प्रतिशतमा झरेको छ । फलस्वरूप, चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) ले अशान्ति नियन्त्रण गर्न सक्दो प्रयास गरे पनि २०२२ र अक्टोबर २०२३ सम्म देशमा १ हजार सात सय ७७ प्रदर्शनहरू सम्पत्ति क्षेत्रसँग सम्बन्धित थिए । घर खरिदकर्ताहरूले परियोजना ढिलाइ, ठेक्का उल्लंघन, कथित ठगी र कम कारीगरी जस्ता मुद्दाहरू उठाइरहेका छन् । तलब नपाएकोमा निर्माण मजदुर र अन्य ठेकेदारहरू असन्तुष्ट छन् ।

राष्ट्रपति सी चिनफिङको शासनबाट अपेक्षा गरिए अनुसार, निगरानी, धम्की, हिंसा, नजरबन्द र सेन्सरशिप मार्फत यी विरोध प्रदर्शनहरूलाई नियन्त्रण गर्न सबै प्रयासहरू गरिएको। कम्तिमा एक चौथाई आवास आन्दोलनहरूमा दमनकारी रणनीतिहरू संलग्न थिए । चीनको विशाल सम्पत्ति क्षेत्र दशकौंसम्म उधारोमा फसेको छ । अहिले सरकारको अदूरदर्शी नीतिका कारण त्यो मोडल ध्वस्त भएको छ । २०औँ ैं शताब्दीको उत्तरार्धमा अधिकांश चिनियाँहरू उनीहरूको सीसीपी कार्य इकाईहरूले उपलब्ध गराएको घरहरूमा बस्थे ।

सन् १९८० र १९९० को दशकमा आर्थिक उदारीकरणको समयमा आवास क्षेत्र फस्टाएको थियो । बेइजिङले आवासीय रियल इस्टेट विकासका लागि नियमहरूलाई सुव्यवस्थित बनाएर र राज्यको स्वामित्वमा रहेका बैंकहरू मार्फत सजिलो वित्तपोषण प्रदान गरेर यस प्रवृत्तिलाई प्रोत्साहन गरेको थियो ।

स्थानीय सरकारहरूले अझ बढी उदार वित्तीय व्यवस्था गरेका थिए । तर, २०२० मा सम्पत्ति क्षेत्रले विनाशकारी मोड लियो र महामारीको बीचमा सीले नयाँ नीति सुरु गरेर सम्पत्ति क्षेत्रमा लगाम लगाउने निर्णय गरे । इक्विटी कोष, उधारो र आईपीओ मार्फत पैसा उठाउने व्यवसायहरूमा १०० भन्दा बढी नियमहरू लगाइयो । यी मध्ये एउटा कानूनले उधारोमा एकदमै कडा सीमा तोकेको छ । यसका कारण रियल्टी विशाल एभरग्रान्डीलगायत धेरै चिनियाँ कम्पनीहरूले आर्थिक मारमा परेका छन् ।

प्रकाशित मिति: २८ मंसिर २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्