प्युठानमा जन्ती बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु


 


प्युठान, मंसिर २८ । प्युठानको ऐरावती गाउँपालिका-२, बरौलामा जन्ती बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बरौलाबाट बेहुली लिन सदरमुकाम खलंगा तर्फ जाँदै गरेको लु ३ च ६८४७ नम्बरको जिप बिहीबार बिहान दुर्घटना हुँदा दुर्घटनामा मल्लरानी गाउँपालिका (३ का वडा सदस्य ५२ बर्षका दामोदर नेपालीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी हुमानन्द खनालका अनुसार नाच्दै गाउँदै हिँडिरहेका जन्तीलाई जीपले ठक्कर दिएको थियो ।

एक्कासी टायर पन्चर भएर अनियन्त्रित हुँदा जीपले ठक्कर दिदा ५ जना घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल बिजुवारमा सामान्य अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २८ मंसिर २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्